प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्न एमालेको माग, गठबन्धनको बेवास्ता

प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना महाअभियोग प्रस्ताव पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै पनि सत्ता गठबन्धनले गठबन्धनकै दुई दललाई समेत सुइँको नदिई राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो ।

सम्बन्धित सामग्री

सुन तस्करीबारे आइतबार साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का […]

नागरिकता विधेयक : प्रतिनिधिसभामा मतदान गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले  मत विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे ।

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ । बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक […]

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ ब

बागमती प्रदेशसभा : बजेट पुनर्लेखन गर्न एमालेको माग

बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको औचित्य नभएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावलाई समावेश गरी समग्र प्रदेशको अवस्था मध्यनजर गरेर बजेट पुनर्लेखन गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विषयगत मन्त्रालयका शीर्षकहरु माथि छलफल गर्न बसेको आज

आजको प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ । किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो । एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल […]

एमालेको माग पुरा गर्न प्रधानमन्त्री लचिलो, आजै साँझ फेरी छलफल हुने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी थिए। छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए  । एमालेले नै दर्ता गरेको प्रस्तावलाई कांग्रेसले प्रक्रियामा लगेर टुंगो लगाउन लागेकोले त्यसमा सहयोग गर्न आग्रह गरिएको उनले बताए  । यस विषयमा आजको वार्ता सकारात्मक रहेको र आज साँझ ७ बजे पुन: छलफल गरि बैठक स्थगित भएको महामन्त्री थापाले बताए  ।महामन्त्री थापाले अहिलेको गठबन्धन अब अगाडी बढ्न नसक्ने निष्कर्षमा पुगिएको पनि बताए  । तर सत्ता समीकरणमा छलफल हुनु अगाडी अहिलेको छलफल भने संसदको अवरोध खुलाउने र एमसीसीलाई पारित गर्नेमा केन्द्रित रहेको बताए  ।आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।  प्रतिनिधिसभाको बैठक भोलि शुर्क्रबर १३ दिउँसो १ बजे बस्ने भएको छ ।प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस्त परिस्थितिमा आज साँझ हुने छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् ।

तीन प्रस्तावित राजदूतको सुनुवाइ रोक्न एमालेको माग

२० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ । भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । त्यसअघि अहिले उजुरीबारे छलफल भइरहेको छ । बैठकमा एमाले सांसद सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने […]

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर– मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो । तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र […]

कर्णाली प्रदेशमा बजेट अधिवेशन बोलाउन एमालेको माग

सुर्खेत । नेकपा(एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जनाएका छन् । ‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी […]