प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् ।
विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्र...