तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ । ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय ...

सम्बन्धित सामग्री

तालिबानले गर्‍यो गर्भवती महिला प्रहरीको हत्या

अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले क्रूर व्यवहार देखाइरहेको आरोप छ । घोर प्रान्तको राजधानी फिरोजकोहमा बानू नेगर नामक महिला प्रहरीलाई उनको परिवारकै अगाडि तालिबान लडाकूले हत्या गरेको खबर बीबीसीले दिएको छ । उनी गर्भवती रहेको बताइएको छ ।  तालिबानले नेगरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।  प्रवक्ता जबीउल्लाह मुजाहिदले घटनाको बारेमा जानकारी रहेको तर तालिबानले नेगरलाई नमारेको बताए । तालिबानले पुरानो प्रशासनमा काम गर्ने मानिसका लागि माफीको घोषणा गरेको र नेगरको हत्या व्यक्तिगत रिसइबीक...