अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले क्रूर व्यवहार देखाइरहेको आरोप छ ।
घोर प्रान्तको राजधानी फिरोजकोहमा बानू नेगर नामक महिला प्रहरीलाई उनको परिवारकै अगाडि तालिबान लडाकूले हत्या गरेको खबर बीबीसीले दिएको छ । उनी गर्भवती रहेको बताइएको छ ।
तालिबानले नेगरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले घटनाको बारेमा जानकारी रहेको तर तालिबानले नेगरलाई नमारेको बताए । तालिबानले पुरानो प्रशासनमा काम गर्ने मानिसका लागि माफीको घोषणा गरेको र नेगरको हत्या व्यक्तिगत रिसइबीक...