काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण सुरु भएको हो। जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स