दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले बिहे तोड्ने भएपछि उनीहरूलाई फकाउन रजनीकान्तलाई धौधौ परेको छ ।
१८ वर्षपछि उनीहरूले बिहे तोड्ने निर्णय लिँदै सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति निकालेका थिए ।
तर ऐश्वर्या र धनुषको परिवार उनीहरू फेरि मिलून् भन्ने इच्छा राख्छन् । रजनीकान्तले दुईजनालाई विवाहमा रहन निकै कोशिश गरिरहेका छन् ।
एैश्वर्या र धनुषको विवाह सन् २००४ मा भएको थियो । उनीहरूको यात्रा र लिंग नाम भएका दुई बालबालिका छन् ।