कांग्रेसका प्रकाशमान र एमालेका कृष्णगोपालबीच भेटवार्ता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। चाक्सीबारीस्थित सिंह निवासमा दुई नेताहरुबीच भेटवार्ता भएको हो।
भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक...
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो । भेटपछिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएका कांग्रेस नेता सिंह र एमाले अध्यक्ष ओलीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको सन्दर्भमा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने परिस्थिती देखिएका बेला ओली र सिंहबीच भेटवार्ता भएको हो । ओली झापा ५ र सिंह […]
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् । काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् । भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।
काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मिश्रले ३८७० मत पाउँदा सिंहले ३८५० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २३०२ मत पाएका छन् भने एमालेका किरण पौडेलले २२३१ मत पाएका छन्।
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ सय ५४ पाएका छन्। त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ६ सय ८० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार किरण पौडेल ४ सय ९६ मतसहित तेस्रो स्थानमा छन्। नेपाल शुसासन पार्टीका रमेश खरेलले २ सय २५ पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम एक सय ७५ मतसहित पाँचौं स्थानमा छन्।
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन्।सिंह सत्ता गठबन्धनका तर्फबाट काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। राप्रपाका रवीन्द्र मिश्र र नेकपा एमालेका किरण पौडेललगायत उनका प्रतिस्पर्धी छन्।
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका युवा संघका अध्यक्ष किरण पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।
काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल युवा संघका अध्यक्षसमेत रहेका पौडेलले मनोनयन पत्र दर्ता गराएका हुन्।
सो क्षेत्रबाट सत्ता गठबन्धनले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र र राष्ट्रिय…