नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।पार्टी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसाल पहिलो संविधान सभा २०६४ सालमा ललितपुरबाटै प्रत्यक्ष