काठमाडौं : भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी थालेको छ। नगरपालिकाले जिल्लामा दैनिक कोरोना संक्रमणदर बढ्दै गएपछि अक्सिजनको सहज आपूर्ति गर्न अक्सिजनको उत्पादन गर्न लागेको हो।नगरपालिकाकी उपप्रमुख अन्जना देवी मधिकर्मीले प्लान्ट सञ्चालन गर्न अहिले नगरपालिकाले तयारी गरिरहेको जानकारी दिइन्।‘हामीले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने भनेर लागि परेका छौं,सायद तीन चार दिनमा प्लान्ट सञ्चालनमा आउ