नेपाल सरकारले आगामी पाँच वर्षमा कुल वनको तराईमा ५० प्रतिशत र पहाडमा २५ प्रतिशत वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्ने नीति लिएको छ । वनमा रहेका रूखहरू बूढो हुँदै गएर वनको हैसियत बिग्रिन थालेपछि सरकारले वैज्ञानिक वन व्यवस्थापनमार्फत वनलाई पुनरुत्पादन गर्न सो कार्यक्रम लागू गरेको छ पडा, धोद्रो भएका रूखहरू सबै प्लटबाट निरन्तर हटाइरहन आवश्यक छ । यसका लागि वैज्ञानिक वन व्यवस्थापन नीति केही परिमार्जन हुनुपर्छ । भएको नीतिमा केही सुधार गर्नुपर्छ भनेर प्रदेशसभाका माननीयहरूले पनि छलफल गरिरहेका छौं । प्रदेशको वन ऐन आउँदा हामीले यसलाई अझै परिपक्व बनाएर अगाडि बढाउँछौं ।