प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूको आन्तरिक छलफल सकिएको छ ।
सामूहिकरूपमा प्रधानन्यायाधीश जबरालाई भेट्नुअघि १५ जना न्यायाधीशले न्यायिक संग्रहालयको सभा कक्षमा भेला भएर छलफल गरेका हुन् ।
छलफलपछि न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न उनको कार्यकक्षतर्फ लागेका छन् ।
सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो ।
आतइवार १४ न्यायाधीशको छलफल भएकोमा मंगलवार आइपुग्दा त्यो संख्या १५ पुगेको छ ।
सोमव...