१६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट सुरक्षित गरे !

काठमाडौं, १८ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ । अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । […]

सम्बन्धित सामग्री

भक्तपुरका निजी विद्यालयले फागुनमै शुरु गरे भर्ना अभियान

भक्तपुर : सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्दै छ। चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो।सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दै छ। विद्यालयले अन्तिम परीक्षाको नतिजा सार्वजनिक नगरेसम्म विद्यार्थी भर्ना गर्न पाइँदैन। यहाँका निजी विद्यालयले भने सो अन्तिम परीक्षा सञ्चालन हुनु एक महिनाअघि नै विद्यार्

कास्कीका कुन उम्मेदवारले कति खर्च गरे ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ ।  शनिबार निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणाम पेस गरेसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रतिनिधिसभा तर्फ ४६ र प्रदेशसभा तर्फ ४५ उम्मेदवार रहेको कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ सांसद निर्वाचित भएका छन् ।प्रतिनिधिसभा तर्फ कास्की १ बाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागी निर्वाचित भए । प्रतिनिध

महामन्त्रीहरूको जित र महासचिवहरूको हारको अर्थ !

एमालेका शंकर पोख्रेल र माओवादीका देव गुरुङ तथा कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माको चुनावी नतिजा सार्वजनिक भएपछि धेरैले टिप्पणी गरे– महाधिवेशनले चुनेकाहरू जिते, अध्यक्षले छानेकाहरू हारे । एमाले महासचिव पोख्रेल र माओवादी महासचिव गुरुङ दुवै जनाले पार्टी महाधिवेशनमा प्रतिस्पर्धा गर्नुपरेन । दुवैलाई आ–आफ्ना अध्यक्षले टीका लगाएर महासचिवको पद सुम्पिए । तर कांग्रेसका दुई महामन्त्री थापा र शर्मा दुवैले पार्टी महाधिवेशनमा समेत चुनावी प्रतिस्पर्धा गरे । महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी गराए । महाधि...

निर्वाचित भएपछि डा. शर्माले सुरु गरे नि:शुल्क क्याविन सेवा

११ मंसिर, विराटनगर । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सुनिल शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको नि:शुल्क क्याविन सेवा सुरु गरेका छन् । शनिबार प्रतिनिधिसभा सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएपछि उनले मोरङ-३ का सर्वसाधारणको निशुल्क उपचार गर्न ५० बेडको क्याबिन सेवा सुरु गरेका हुन् । चुनावी अभियानका क्रममा डा. शर्माले आफूले चुनाव जिते […]

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : थपलिया

६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

एसईई परीक्षार्थीको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले ...

एसइईको नतिजा आज

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।कार्यालयले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो।

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : काँग्रेस पहिलो, एमाले तेस्रो

स्थानीय तह निर्वाचनमा बिहीबारसम्म लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरे

सिन्धुपाल्चोकको ३ पालिकाको नतिजा सार्वजनिक

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे । यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच […]