लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भाग हुन् : सञ्चारमन्त्री

नेपाल सरकारले नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा उहाँले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनु भएएको छ । सरकारले भारतलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित सामग्री

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

नेपालले भारतलाई भन्यो : नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक

२ माघ, काठमाडौं । सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् । […]