काठमाडौं : परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन्। उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी