ठूलो भएपछि तँ के बन्छस् ? बाल्यकालमा सबैलाई झैं मलाई पनि यस्तो प्रश्न सोधिन्थ्यो । कहिले मलाई गाउँ-ठाउँमा फटाहा, जड्याहा सबैलाई तह लगाउने पुलिस हुन मन लाग्थ्यो । कहिले ठूला-ठूला बस-ट्रक गुडाउने चालकहरू देखेर ‘गुरुजी’ हुन मन लाग्थ्यो । आकाशमा उडेको हवाईजहाज देख्दा पाइलट, स्कूलमा शिक्षकको शान देख्दा शिक्षक । पछि फिल्म हेर्ने लत लागेपछि […]