मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्...

सम्बन्धित सामग्री

केयूकेएलले यसरी वितरण गर्दैछ मेलम्ची पानी (तालिकासहित)

३ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका …

मेलम्ची खानेपानीमा ‘राजनीति’ !

काठमाडौं : मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलो पटक २०७७ चैत १५ गते वितरण थालियो। त्यसवेला विभिन्न समयमा आउने भनी हल्ला मात्रै चलेको मेलम्ची पानी अन्ततः पिउन पाएपछि हर्षित देखिन्थे उपत्यकावासी।तर त्यो खुशी अहिलेसम्म दीर्घकालीन बन्न छैन। प्राकृतिक बाढीसँगै खानेपानीमा राजनीति गरिँदा उपत्यकावासी भने ट्यांकर पानी खरिद गरेर उपयोग गर्न बाध्य छन्।पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थि

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । मेलम्ची पानी आउन बन्द भएसँगै उपत्यकामा दैनिक १७ करोड लिटर पानी कम आपूर्ति हुनेछ । उपत्यकाको मागअनुसार दैनिक ३२ करोड लिटर पानी अपुग हुन्छ । अहिलेसम्म मेलम्चीबाट दैनिक १७ करोड र काठमाडौंकै आन्तरिक स्रोतबाट ११ करोड लिटर गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २८ करोड लिटर पानी वितरण गरिरहेको छ । बाँकी माग निजीक्षेत्रका ट्यांकर, घरघरमा जडित बोरिङ, ट्युबवेल, इनार जस्ता स्रोतबाट धानिएको छ । अब केयूकेएलले दैनिक ११ करोड लिटरमात्रै आपूर्ति गर्नेछ । उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर पुगेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उपत्यकामा पानीको अवस्था दैनिक आपूर्ति १७ करोड लिटरले घट्ने धारामा पानी कम्तीमा ६ दिन बिराएर उपत्यकाको दैनिक खानेपानी माग ४३ करोड लिटर मेलम्चीबाट आपूर्ति १७ करोड लिटर केयूकेएलले उपत्यकाका स्रोतबाट गर्ने आपूर्ति ११ करोड लिटर केयूकेएलबाट हालसम्म भइरहेको आपूर्ति २८ करोड लिटर अब हुने आपूर्ति ११ करोड लिटर नपुग पानी ३२ करोड लिटर नपुग आपूर्ति ट्यांकर र घरघरका भूमिगत स्रोतबाट उनले भूमिगत र सतहको गरी सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिएको भन्दै अब पनि सोही परिणाममा आपूर्ति हुने बताए । ‘यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा १/२ दिन बिराएर केयूकेएलले पानी दिँदै आएको थियो,’ राईले भने, ‘अब कम्तीमा ५/६ दिन बिराएर वितरण गरिनेछ ।’ कतिपय स्थानमा पानी आउन त्योभन्दा बढी समय लाग्ने देखिएको छ । मेलम्चीबाट पानी आउन बन्द भएसँगै उपत्यकामा खानेपानी वितरणको समय तालिका परिवर्तन गरिएको उनले बताए । मेलम्ची बन्द भएसँगै मंगलवारदेखि नै केयूकेएलका मुख्य शाखाहरूले पानी वितरणको समय तालिका सार्वजनिक गरेका छन् । यसअनुसार अब उपत्यकावासीले पानीका लागि कम्तीमा १ साता कुर्नुपर्ने देखिन्छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मंगलवार बिहानदेखि पानी पथान्तरण घटाई साँझपख पूर्णरूपमा बन्द गरेको जानकारी दिए । गतवर्षको असार १ र साउन १६ मा आएको बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेपछि पानी काठमाडौं आएको थिएन । त्यो अवस्था नदोहोरियोस् भनेर र ठूलो बाढी आउँदा सुरुङ र अस्थायी संरचनामा क्षति हुन नदिन पानी बन्द गरिएको पन्तले जानकारी दिए । उनले काठमाडौंमा मेलम्चीको पानी फेरि कहिले आउँछ भन्ने कुरा वर्षायाम कति लम्बिन्छ भन्नेमा भर पर्ने बताए । ‘तत्काल यो दिन/महीनामा पानी आउँछ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वर्षायाम सकिँदा र नदीमा धमिलो पानी नहट्दासम्म यकिन गर्न सकिँदैन ।’ गतवर्ष बाढी आउँदा सुरुङमा लेदो, हिलो पसेको थियो । अहिले त्यो अवस्था नआओस् भनेर र अस्थायी संरचना जोगाउने उद्देश्यले वर्षाअघि नै बन्द गरिएको उनले बताए । ३० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चेर बनाइएको मेलम्ची आयोजनाको पानी अहिले पनि स्थायी संरचना तथा मुख्य सुरुङबाट आएको छैन । अस्थायी संरचनाबाट ल्याइएको पानी स्थायी संरचना र दिगो रूपमा ल्याउने कुरो अब एशियाली विकास बैंक (एडीबी)ले बुझाउने प्रतिवेदनले निर्क्यौल गर्नेछ । गतवर्ष बाढी आएपछि एडीबीले आयोजनामा विस्तृत अध्ययन गरेको छ । उक्त प्रतिवेदन अन्तिम चरणमा रहेको र एडीबीले छिट्टै बुझाउने पन्तले बताए । मेलम्ची आयोजनाको परिकल्पना गरेको पाँच दशकपछि २०७७ चैतमा काठमाडौंमा त्यहाँका पानी आएको थियो ।

‘मेलम्चीको पानी चैतभित्रै आउँछ भन्न सकिँदैन’

मेलम्ची खानेपानी आयोजना सुरू भएको दुई दशकपछि गत चैतमा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो। जसले उपत्यकाको वर्षौंदेखि हुँदै आएको पानीको हाहाकार केही हदसम्म व्यवस्थापन भएको थियो।तर, गत असार र साउनमा मेलम्ची र इन्द्रावती खोलामा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। जसका कारण पानी आउन अवरूद्ध भएको छ। मेलम्ची पानी नआएपछि उपत्यकामा पुनः पानीको समस्या दोहोरिएको छ।

रिङरोडबाहिरका जनतालाई दोस्रो चरणमा मेलम्ची

काठमाडौं : सरकारले दोस्रो चरणमा मेलम्चीको खानेपानी रिङरोड बाहिरका स्थानीयलाई वितरण गर्ने भएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन  कार्यक्रममा भिडियो रेकर्डमार्फत खानेपानी मन्त्री मणिचन्द्र थापाले दोस्रो चरणमा रिङरोडबाहिर पानी वितरण गर्ने बताएका हुन्। उनी अस्वस्थ्य भएका कारण कार्यक्रममा उपस्थिति भने भएका थिएन। उनले भिडियो रेकर्डमा भने,‘मेलम्ची पानी आएपछि एउटा कोशेढुंगा साबित भएको छ,प्रथप चरणमा रिङरोडभित्र मात्रै पानी वितरण गरिएको छ,दोस्रो चरणमा रिङरो

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण : RajdhaniDaily.com -

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण: RajdhaniDaily.com | काठमाडौं । दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगे पनि घरघरमा वितरण भने सहज नभएको पाइएको छ । आगामी चैत दोस्रो सातादेखि -

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।पहिलो चरणमा ११ सय ३२ वितरण सञ

बजेटमा मेलम्ची खानेपानी आयोजना | Nagarik News - Nepal Republic Media

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।

मेलम्ची पानी उपत्यकामा अाउन अझै छ महिना लाग्ने

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने…