सरकारले फिर्ता लिने तयारी गरेको उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता नलिन प्राध्यापक संघहरूले माग गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संघ, नेपाल प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता नलिन माग गरेका हुन् ।