काठमाडौं : संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा उनले एक विज्ञप्ति जारी गर्दै यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनी पार्टीबाट अलग भएपश्चात् स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।'नेपाललाई लोक कल्याणकारी राज्यमा रुपान्तरण गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि म वैकल्पिक राजनीतिक यात्रामा लागिरहेको यहाँहरूलाई विदितै छ। तर वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह अवरोहका कारण तपाईंहरू समक्ष प्रतिबद्धता गरेअनुरु