काठमाडौं-६ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं-६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित मियाँलाई पार्टीमा प्रवेश गराएका हुन् ।