सर्लाही : हरिपुर –३ फरहदवामा सोमबार राति घाइते अवस्थामा भेटिएर अस्पताल पुर्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत फरहदवामा सडक छेउमै गम्भीर घाइते अवस्थामा फेला परेका बेवारिसे युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्दा गर्दै आज बिहान मृत्यु भएको हो। अन्दाजी २२/२५ वर्षको र तराई मुलको जस्तो देखिने ती युवकको नाम, ठेगाना खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।सोमबार राती पौने १० बजेतिर ती युवकलाई प्रहरीले उद्धार