खाल्डोमा पुरिएर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

पोखरामा निर्माणाधीन घरको खाल्डोमा पुरिएर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान पोखरा–११ काँहुडाडास्थित निर्माणाधीन घरको जग सोलिङ गर्ने क्रममा खनिएको खाल्डोको भित्ता भत्किएर पुरिँदा घाइते भएकी ४१ वर्षीया महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।सिन्धुलीको ठुला गाँउ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने आइतीमाया थोकरको खाल्डोको भित्ता भत्किँदा घाइते भएपछि तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी