हिमालय एअरलाइन्सद्वारा काठमाडौं–शाङ्हाई उडान गर्दै

काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौं–शाङ्हाई–काठमाडौं उडान गर्ने भएको छ । एअरलाइन्स्ले आगामी डिसेम्बर २ देखि हप्ताको एक दिन उडान गर्ने जानकारी दिएको छ । यस उडानले नेपाल र चीनबीचको कनेक्टिभिटी र दुई देशीय सम्बन्धलाई प्रवर्द्धन गर्न थप सहयोग पुग्ने एअरलाइन्स्को अपेक्षा छ । यो रुटको उडानबाट नेपालको संघीय राजधानी काठमाडौं र विश्वव्यापी वित्तीय हवको रूपमा स्थापित चीनको मध्यतटीय शहर शाङ्हाईको यात्राबाट यात्रुले फाइदा लिन सक्ने बताइएको छ ।  यात्रुहरूलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्राका लागि समर्पित रहेको एअरलाइन्स्ले जानकारी दिएको छ । काठमाडौं–शाङ्हाई उडान डिसेम्बर २७ देखि सातामा दुईपटक (शनिवार र बुधवार) सञ्चालन हुने बताइएको छ । यसअघि एअरलाइन्स्ले पेचिङ र चिङताओमा नियमित उडान गर्दै आएको छ ।  हवाई उडानमार्फत दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा गौरवान्वित भएको कम्पनीले बताइएको छ । ‘यो शुरुआतले द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्छ, जसले पर्यटन र व्यापार मात्र नभई सांस्कृतिक आदानप्रदान तथा सीधा नागरिक सम्पर्कलाई पनि सहज बनाउँछ,’ एअरलाइन्स्ले भनेको छ । यो रुटको उडानले नेपालको उड्डयन उद्योगले थप गति लिने कम्पनीको अपेक्षा छ । दुवै देशमा पर्यटन तथा व्यापारको अपार सम्भावना भएको र त्यो सम्भावनाबाट फाइदा लिन उडानले निर्णायक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यो नयाँ रुटले थप चिनियाँ पर्यटक थपिने कम्पनीको अनुमान छ । 

सम्बन्धित सामग्री

परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

काठमाण्डाै – नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सल...

कोरोनाभाइरसको डरले कतारमा नेपालीलाई 'आवागमनमा अस्थायी प्रतिबन्ध'

नेपाल वायुसेवा, हिमालय एअरलाइन्स र कतार एअरवेजले कतारमा दैनिकजसो उडान गर्दै आएकोमा कतारको अस्थायी प्रतिबन्धका कारण ती प्रभावित हुनेछन्।

चीनको छोङछिङमा हिमालयको उडान

नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरले चीनको काठमाडौं–छोङछिङ सीधा उडान सेवा सुरु गरेको छ । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर हिमालयले बिहीबारदेखि छोङछिङ सहरमा उडान सुरु गरेको हो । नेपालबाट छोङछिङ सीधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो कम्पनी हो । सीधा हवाई सेवा सुरु भएसँगै आगामी दिनमा दुबै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ ।