काठमाडौं : संघीय संसदका दुवै सदनमा बुधबार पनि आर्थिक वर्ष २०७९\०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संस