मोबाइल व्यवसायमा चर्चित ब्रान्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले बिहीबारबाट स्मार्टफोनको नयाँ मोडल पी-५५ को नेपाली बजारमा बिक्री सुरु गरेको हो । सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय...

काठमाडौं । टोयोटा ब्रान्डको गाडी विक्री गर्दै आएको वैद्य अर्गनाजेशनअन्तर्गतको वैद्य इनर्जीले एथर विद्युतीय स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले आइतवार एथर ४५० एक्सका दुई वटा भेरियन्ट नेपालमा अनावरण गरेको हो। स्ट्यान्डर्ड भेरियन्टको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। यो भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
अर्को भेरियन्टको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीयान्स वैधले जानकारी दिए । उनका अनुसार लङ रेन्ज भेरियन्टमा ३.७ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । ब्याट्रीले एक पटकको फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिनेछ ।
एथर स्कुटरको प्लान्ट भारतको तामिलनाडुमा छ ।