यी हुन् सर्वाधिक कमाउने टपटेन युट्युबर, वर्षदिनमा कमाए साढे ३५ अर्ब रुपैयाँ

फोर्ब्स पत्रिकाले बितेको वर्ष सन् २०२१ मा युट्युबबाट सर्वाधिक रकम आर्जन गर्ने युट्युबर (कन्टेन्ट क्रिएटर्स) को सूची सार्वजनिक गरेको छ । जस अनुसार सन् २०२१ मा सर्वाधिक कमाउनेमा अमेरिकी युट्युबर मिस्टर बिस्ट (MrBeast) रहेका छन् । मिस्टर बिस्टको नामले चिनिने २३ वर्षका जिम्मी डोनाल्डसनले युट्युबबाट गत वर्ष ५ करोड ४० लाख डलर अर्थात् झण्डै साढे […]

सम्बन्धित सामग्री

१९९० को बलियो टेवा विन्दुबाट ओर्लियो बजार, कुल पूँजीकरण २९ खर्बभन्दा बढी कायम

काठमाडौं । नेप्से परिसूचक लगातार  तीन दिन घटेको छ । तीन कारोबार दिनमा परिसूचक १ दशमलव ८८ प्रतिशत घटेको छ । केही समय देखि पर्ख र हेरको अवस्थामा लगानीकर्ता थिए । तर, आइतवार भने विक्रेता हाबी भएसँगै बजार तल झरको हो ।  लामो समयदेखि १९९० विन्दुभन्दा तल नझरेको नेप्से  आइतवार भने उक्त सर्पोट विन्दुभन्दा तल झरेको हो ।   पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटिरहेको समयमा  सेबोनले धमाधम आइपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिइरहेको छ । यसले बजारमा आपूर्ति बढाउँदा बजार प्रभावित भएको लगानीकर्ताको भनाइ छ ।  बजार निरन्तर  घटिरहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यसोत वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुनु लाई कारण मानिएको छ भने महँगो ब्याजदरले गर्दा बजार प्रभावित भएको देखिन्छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशलमव ४९ प्रतिशत घटेर १ हजार ९६० दशमलव ७८ विन्दुमा झरेको छ । २७६ धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर ३७ हजार ४१ पटकमा रू. १ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको हो ।  सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत घटेको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २५४ दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ५ दशलमव ५६ प्रतिशत बढेर रू. २५४ दशमलव ९० पुगेको छ ।  आइतवार सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी र सिटी होटलका शेयरधनीले गुमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै धेरै गुमाएका हुन । सिटी होटलको शेयर मूल्य रू. ६८० दशमलव ४० र लिवर्टी इनर्जीको रू.२०२ दशमलव ५० मा झरेको छ । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू.३ करोड ८८ लाख बराबर भएको छ। कम्पनीको शेयर मूल्य रू. ४३८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्सको रू. ३ करोड ७६ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशलमव ०३ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको २ दशमलव ३३ प्रतिशत , निर्जीवन र जीबन बीमा समूहको परिसूचक २ प्रतिशतका दरले घटेको हो । बजार कुल पूँजीकरण रू.२९ खर्ब ३५ अर्ब भन्दा बढी कायम भएको छ ।

गत आवमा सुन आयात ३ वर्षयताकै कम, अघिल्लो आवभन्दा ४२ प्रतिशत घट्यो

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) ०७९/८० मा उक्त मूल्यको २९ लाख १६ हजार ५८६ ग्राम पहेंलो धातु नेपाल भित्रिएको हो । सुन आयातको परिणाम अघिल्लो आवभन्दा ४२ प्रतिशत कम हो । आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब रुपैयाँको ५० लाख ५३ हजार ग्राम सुन आयात भएको थियो ।  गत आवको सुन आयात परिणामका हिसाबले पछिल्लो ३ वर्ष (आव २०७७/७८) यताकै कम हो । (हेर्नुस् तालिका) ६ वर्षमा सुन आयात स्रोत : भन्सार विभाग  सुन आयात घटेसँगै यसबाट सरकारले पाउने राजस्व पनि घटेको छ । अघिल्लो आवमा सुन आयातबाट ४ अर्ब २९ करोड राजस्व संकलन भएकोमा गत आवमा त्यो रकम २ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ ।  युएईबाट भित्रियो सबैभन्दा धेरै गत आवमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), स्विट्जरल्याण्ड, टर्की र उब्जेकिस्तानबाट सुन आयात गरेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै सुन यूएईबाट नेपाल भित्रिएको छ । सो आर्थिक वर्षमा यूएईबाट १८ अर्ब ९१ करोडको २४ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको हो । त्यसैगरी, टर्कीबाट २ अर्ब ७२ हजार रुपैयाँको ३ लाख ५० हजार ग्राम, स्विट्जरल्याण्डबाट ७० करोड ९९ हजारको १ लाख ग्राम र उब्जेकिस्तानबाट २ लाख ८० हजारको ४० ग्राम सुन नेपाल भित्रिएको छ । 'कोटा प्रणालीको असर' नेपाल सुन चाँदी व्यवासायी महासंघका अध्यक्ष मणिकरत्न शाख्य सुन आयातमा कोटा प्रणाली राखिएकाले आयात घटेको बताउँछन् । 'सरकारले अहिले पनि सुन आयातको कोटा दैनिक १० किलो राखेको छ । त्यसैले आयात घटेको हो,' उनले भने, 'हामीले सुन आयातमा १० किलो कोटा हटाउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।'  आर्थिक मन्दीका कारण बजार घटेकाले अहिले माग धानिरहेको उनको भनाइ छ । ‘सुन बजार स्लो भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,’ उनी भन्छन् ।  पाँच वर्षमा मूल्य दोब्बर सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ साउन १० मा सुनको मूल्य प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । गत वर्ष पुस १ गते प्रतितोला ९९  हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्य साउन ४  गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

तीन कारणले बढ्यो शेयर बजार

काठमाडौं । लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ । आइतवारको उछाल पछाडि तीनवटा कारण रहेको लगानीकर्ता तथा दलाल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वास, नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति र ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारी गरेको समाचारले लगानीकर्तामा उत्साह थपिँदा बजारमा उछाल आएको हो ।   आइतवार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता शुरु भएको छ । यसबाट लगानीकर्ता निर्वाचन हुनेमा विश्वस्त भएका छन् । चुनावका क्रममा हुने खर्चले वित्तीय प्रणालीमा देखिएको तरलता अभावलाई सहज बनाउने उनीहरुको विश्लेषण छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चुनावी माहोलकै कारण आइतवार बजारमा उत्साह देखिएको बताइन् । चुनावको खर्च वित्तीय प्रणालीमार्फत परिचालन भई यसले तरलता संकटको स्थितिमा केही सुधार ल्याउने विश्वास पोखरेलको छ । चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै लगानीकर्ता आगामी दिनमा बजार सकारात्मक बन्नेमा आशावादी देखिएको उनको बुझाइ छ । आगामी दिनमा पनि बजार यही गतिमा बजार बढ्छ या घट्छ भन्नुभन्दा पनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको उनले बताइन् । धितोपत्र दलाल व्यवसायीले पनि स्थानीय चुनाव हुने पक्का भएसँगै आइतवार कारोबारका लागि सकारात्मक माहोल बनेको प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक एवम् स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजार सकारात्मक बन्नुको पछाडि चुनावी माहोलको मुख्य हात रहेको स्वीकार गरे । विश्व बैंकको पछिल्लो विज्ञप्तिले पनि शेयर बजार उकास्न मद्दत गरेको उनको बुझाइ छ । विश्व बैंकले बिहीवार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको थियो । नेपाली अर्थतन्त्र पनि श्रीलंकापथमा अग्रसर रहेको चर्चाबीच आएको विश्व बैंकको विज्ञप्तिले लगानीकर्ताको मनोबल बढाएको रानाभाटको अनुमान छ । वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको बेला ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनमा धितोपत्र बोर्डले सहज वातावरण बनाउने तयारी गरेको समाचार बाहिरिनुसँग पनि आइतबारको बजारको सम्बन्ध देख्छन् उनी । ‘यसले पनि लगानीकर्ताको मनोबल बढायो,’ रानाभाटले भने । मार्जिन लोनमा देखिएका बाधा, अप्ठ्यारा फुकाउन बोर्ड सहमत भए करीब दुई दर्जन ब्रोकरबाट सेवा प्रवाह भई तरलताका कारण प्रभावित बनेको बजार सुधार हुनेमा रानाभाट आशावादी छन् । आइतवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत बिहीवार ३३ खर्ब ७ अर्ब ९२ करोड रहेको कुल बजार पूँजीकरण आइतवार ३४ खर्ब ४३ अर्ब ८१ करोड नाघेको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीवार १ अर्ब ६२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएकोमा आइतवार २ अर्ब ५३ करोड १२ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन जलविद्युत् समूहको सर्वाधिक ५७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । २३८ कम्पनीको धितोपत्र कारोबार भएकोमा २२२ ओटाको मूल्य बढेको छ । यीमध्ये पनि ३ दर्जन कम्पनीको धितोपत्रको मूल्य उच्च दरमा बढेको छ । यस दिन ४ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ । आइतवारको कारोबारबाट वित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

यो साता ३७ अर्ब ८१ करोडभन्दा बढीको कारोबार : कुल बजार पूँजीकरण १ खर्बले बढ्यो

माघ ८, काठमाडौं । माघ महीनाको पहिलो साताको कारोबारमा कुल बजार पूँजीकरण रू. १ खर्ब ५ अर्ब ४० करोड ३६ लाखले बढेको छ । यो साता बजार ७३ दशमलव ५९ अंकले बढ्दा सूचीकृत कम्पनीहरुको कुल शेयरको मूल्य पनि बढेको हो । गत साताको अन्तिम कारोबार दिन रू. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड कायम भएको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ ।  साताको पहिलो दिन ६९ अंकले बढेको बजार दोस्रो दिन पनि २० दशमलव ६९ अंकले बढेको हो । तेस्रो दिन १० दशमलव ७८ अंक र चौथो दिन ३८ दशमलव ३५ अकले घटेको बजार पाँचौ दिन पुनः ३३ दशमलव शून्य ३ अंकले बढेर बन्द भएको हो । गत साता २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ७३ दशमलव ५९ अंकले बढेर २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९१ अंकले बढेको छ । गत साता ५३० दशमलव ८३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५४३ दशमलव ७४ विन्दुमा पुगेको हो । गत साता रू. ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. २ अर्ब १६ करोड ३३ लाख १६ हजार बराबरको ७२ लाख ६२ हजार ५५ कित्ता बढी शेयर कारोबार भएको हो ।  यो साता बजारका सबै सूचकहरु सकारात्मक देखिएका छन् । पछिल्लो समय नेप्से परिसूचक उकालो यात्रामै रहेको छ । कोभिडको तेस्रो लहरको जोखिमका बीच पनि बजारले भने सकारात्मक गति लिनु भनेको लगानीकर्ताहरु बजार अझमाथि जानेमा आशावादी रहेको बुझ्न सकिन्छ । यसअघि पनि कोभिड प्रभावका विच ऐतिहासिक रेकर्ड कायम गरेको स्मरणमा लगानीकर्ताहरु अझै पनि यसको प्रभाव बढ्दै गए अन्य व्यवसायी क्षेत्रमा प्रभाव परेपनि बजार भने थप गतिशिल बन्ने विश्वास लगानीकर्ताहरुको छ । पूर्ण अनलाईन कारोबार प्रणालीमार्फत देश तथा विदेशबाट सम्पूर्ण नेपालीहरुले घरमै बसेर कारोबार गर्न सक्ने वातावरणका कारण कोभिडको जोखिमका विच पनि बजारले गति लिनेमा लगानीकर्ताहरु विश्वस्त बनेका हुन् । यो साता अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । गत साता २ हजार १३७ दशमलव ०१ विन्दुमा रहेको अन्य समूहको परिसूचक यो साता २ हजार २१७ दशमलव ३५ विन्दुमा पुगेको हो । अन्य समूहसँगै यो साता बैंकिङ समूहको ३ दशमलव ६१ प्रतिशत, जलविद्युतको र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ३५ प्रतिशत र जीवन बीमाको ३ दशमलव १९ प्रतिशत परिसूचक बढेको छ । यो साता म्युचुअल फण्डको २ दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव २३ प्रतिशत, विकास बैंकको २ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १ दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।  गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव शू्न्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सातामा करीब ३६ अर्बको शेयर खरीदविक्री : नेप्से परिसूचकमा १६५.२८ अंकको वृद्धि

माघ १, काठमाडौं । पुस महीनाको अन्तिम साता धितोपत्र दोस्रो बजारमा रू. ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता शेयर खरिद विक्री भएको छ ।  यो साता गत साताभन्दा रू. १४ अर्ब ३७ करोड ४० लाख ३१ हजार बराबरको २ करोड ७९ लाख २६ हजार १६ कित्ता शेयर बढी खरीदविक्री भएको हो । गत साता रू. २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता शेयर खरीदविक्री भएको थियो ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जादा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्ने हरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् । यो साता पाँच कारोबार दिनमा एक दिन मात्र घटेको बजार १६५ दशमलव २८ अंक माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८५७ दशमलव ७५ विन्दुमा पुगेको हो । साताको पहिलो दिन ७३ दशमलव शून्य १ अंकले, दोस्रो दिन १९ दशमलव ४३ अंकले र तेस्रो दिन ४९ दशमलव १९ अंकले बजार बढेको थियो । चौथो दिन ३० दशमलव ५१ अंकले करेक्सन आएको बजार पाँचौ दिन पुनः ५४ दशमलव १२ अंकले बढेर बन्द भएको हो ।  लामो समयदेखि बजार सञ्चालक र नियामक निकायमा रित्त रहेको नेतृत्व पद पूर्तिको अन्तिम चरणमा रहनुलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमा हेरेका छन् । यस अघिका नेतृत्वहरुले पद त्याग गर्नुपरेको अवस्थालाई हेर्दा पनि आगामी दिनमा आउँने प्रतिनिधिले जिम्मेवारीपूर्वक काम गर्नेमा लगानीकर्ताहरु आशावादी देखिन्छन् । नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २४ दशमलव ६७ अंकले बढेको छ । गत साता ५०६ दशमलव १६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव ८३ विन्दुमा पुगेको हो ।  बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्यमा पनि रू. २ खर्ब ३३ अर्ब ८७ करोडभन्दा बढीको वृद्धि देखिएको छ । गत साता रू. ३९ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख रहेको कुल बजार पू्ँजीकरण यो साता रू. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख पुगेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                             स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए : यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । बजार १६५ दशमलव २८ अंकले बढ्दा वित्त समूहको परिसूचक सर्वाधिक १६ दशमलव ९४ प्रतिशत बढेको हो । यो साता वित्त समूहसँगै सबै समूहगत परिसूचकहरु बढेको छन् । यो साता लगानी समूहको १४ दशमलव ५८ प्रतिशत, जलविद्युतको १३ दशमलव ६१ प्रतिशत, व्यापारिक समूह १३ दशमलव २१ प्रतिशत, विकास बैंक १० दशमलव ४८ प्रतिशत,जीवन बीमा समूह ८ दशमलव ५६ प्रतिशत, लघुवित्त ७ दशमलव ७२ प्रतिशत, निर्जीवन बीमा ७ दशमलव ६५ प्रतिशत, अन्य ६ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्ड ४ दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन १ दशमलव २५ प्रतिशत र बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत बढेको हो । यो साता बैंकिङ समूहको परिसूचक सबैभन्दा कम प्रतिशत बढेको हो ।  धितोपत्र बजारमा सबैभन्दा बढी लगानी सुरक्षित ठानिने वाणिज्य बैंक समूहमा बजारले ऐतिहासि रेकर्ड कायम गर्दासमेत लगानीकर्ताहरुको आकर्षण कम देखिएको छ । बजारलाई साना पूँजी भएका कम्पनीहरुको शेयर कारोबारलेनै अघि बढाएको देखिन्छ । यी कुराहरुलाई हेर्दा दिर्घकालिन लगानीकर्ताहरु भन्दा अल्पकालिन लगानीकर्ताहरुको हाबी दोस्रो बजारमा बढी देखिएको पुष्टि हुन्छ । साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                                  स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

टेस्ला सीईओ मस्कको वार्षिक आयकर १३ खर्ब ३५ अर्ब रुपैयाँ

विश्व इतिहासकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले एक वर्षमा तिर्ने आयकर झण्डै नेपालको वार्षिक बजेट जति छ । विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर अर्थात् करिब १३ अर्ब ३५ अर्ब डलर हुनेछ । यो रकम भनेको विश्वमा कुनै पनि […]