काठमाण्डाै - बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई पराजित गर्नुभएकाे हाे ।
शाहीले १० हजार ९७३ मत पाउनु भएकाे छ भने रेग्मीले ८ हजार ६३२ मत प्राप्त गर्नुभएकाे छ । तेस्राे स्थानमा रहनुभएका माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाउनु भएकाे छ ।