सेल्फी जोनको आकर्षणले एक्स्पोमा तानिँदै सर्वसाधारण , यस्तो छ आयोजक संस्थाका पदाधिकारीको प्रतिक्रिया

  अनिल साह उपाध्यक्ष, मोरङ व्यापार संघ  आतिथ्य सत्कार मेरो जिम्मेवारीमा परेकाले दैनिक रूपमा प्रदेश सरकारका मन्त्री, सभासद, संघीय सरकारका सांसद, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखका साथै विभिन्न सरकारी निकायका उच्चपदस्थ पदाधिकारीलाई एक्स्पोमा भ्रमण गराएको छु । यो क्रम जारी छ । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । एक्स्पोको प्रशंसा गर्नुभएको छ । अधिकांशले यस्तो एक्स्पोबारे जिज्ञासा समेत राख्नुभएको छ । बाल उद्यान, सेल्फी जोन, साहसिक खेल लगायतमा पनि उहाँहरूको रुचि देखियो । यस्तै घरेलु उद्योगहरूका स्टलबारे जानकारी लिनुभयो । अस्थायी रूपमा वातानुकूलित डोमको व्यवस्थाका कारण एक्स्पोमा आउनेहरूले प्रवेश गर्नेबित्तिकै शीतल अनुभव गर्न पाउनुहुन्छ ।   ‍+++     ओम शर्मा कार्यकारी सदस्य, मोरङ व्यापार संघ  एक्स्पोमा सुरक्षाको प्रबन्ध धेरै राम्रो छ । सुरक्षा व्यवस्थापनमा उच्च सतर्कताका साथ काम गरेका छौं । नेपाल प्रहरी, निजी सुरक्षाकर्मी र ‘कमाण्डो वाउन्सरहरू’बाट एक्स्पोको हरेक पक्षमा सुरक्षा व्यवस्था कडा बनाएका छौं । सबै क्षेत्रमा चुस्त निगरानी छ । सबैसँग सञ्चार सेट भएकाले तत्कालै सबैतिरको वस्तुस्थितिको जानकारी लिन सकिन्छ । त्यस्तै एक्स्पो, पार्किङ लगायतमा ५० ओटा क्लोज सर्किट क्यामेराहरू राखिएका छन् । कन्ट्रोल रूमबाट त्यसको सञ्चालन भइरहेको हुन्छ, जसकारण कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्कालै सुरक्षाकर्मी पुग्छन् । एक्स्पोमा आउने पाहुनाहरूलाई विशेष सुरक्षा दिएर मञ्चसम्म ल्याउने र होटलसम्म पुर्‍याउने काम गरिँदै आएको छ । दर्शकहरूले सोझै थाहा नपाउने गरी उहाँहरूलाई अलग अलग स्थानबाट प्रवेश र अलग्गै स्थानबाट प्रस्थानको व्यवस्था मिलाएका छौं । हामीसँग सुदर्शन सेक्युरिटीका सुरक्षाकर्मी पनि छन् । सांगीतिक कार्यक्रममा हुने भीडलाई पनि निगरानी गरिरहेका छौं । त्यहाँ पनि विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ ।   +++   कार्यकारी सदस्य, मोरङ व्यापार संघ         स्टेज कार्यक्रमका लागि विभिन्न गायक तथा संगीतकारहरू आइरहनु भएको छ । भारतको कोलकाताबाट पनि श्याम राठीनि कलाकारहरू आएर प्रस्तुति दिइसक्नु भएको छ । अन्य आउँदै हुनुहुन्छ । कोभिडको महामारीपछिको उत्साह उमंग बढाउने काम एक्स्पोले गरेको छ । गीत संगीतमा युवा जमात रमाएर नाचे/उफ्रिए पनि अनुशासन कायम गरिएको छ । ‘मेरो देश मेरै उत्पादन’को नारा सार्थक बनाउन पनि एक्स्पोले धेरै सहयोग गरेको छ । एक्स्पोमा सबैभन्दा बढी आफ्नै देशका उत्पादन राखिएका छन् । स्टार्टअपहरूलाई उत्साह प्रदान गर्न कतिपयलाई स्टल समेत निःशुल्क प्रदान गरिएको छ । आफ्नो उत्पादन उपभोक्तासम्म पुर्‍याउन पाएकोमा उहाँहरू पनि उत्साहित हुनुहुन्छ । मेलाप्रति आम उपभोक्ताको लगावले हामीलाई थप उत्साह दिएको छ ।  +++ पवन पंकज पारख युवा समिति सदस्य, मोरङ व्यापार संघ हामी युवा व्यवसायीका लागि यो एक्स्पो वरदान सावित भएको छ । हामीले उत्पादन र बजारीकरणको जानकारी प्राप्त गर्ने मौका एक्स्पोबाट पाएका छौं । यसले स्टार्टअपहरूलाई पनि प्रोत्साहन गरेको छ । मेलाको फिल्ड निर्माणदेखि नै सक्रिय रहेकाले धेरै विषयको अनुभव प्राप्त भएको छ । यसले गर्दा म जस्ता अरू धेरै युवाले यस्ता एक्स्पोमा आफूलाई आवश्यक पर्ने ज्ञान लिन आवश्यक ठान्छु,  जसले गर्दा आफूले गर्न लागेको उद्योग, व्यापार, व्यवसायलाई अझ राम्रोसँग सञ्चालन गर्न सकियोस् ।    +++       विनीत सिंघानिया प्रवक्ता, मोरङ व्यापार संघ हामीले पहिले एक्स्पो लाग्ने स्थानको स्केच गर्‍यौं र कन्सेप्ट डिजाइन गर्‍यौं । मोरङ व्यापार संघको ७२औं स्थापना दिवस, ‘मेरो देश मेरै उत्पादन’ नारा सार्थक बनाउन बढीभन्दा बढी स्वदेशी उत्पादनलाई स्टल दिएका छौं । सांगीतिक कार्यक्रममा युवाहरूको जोश हेर्दा तीन वर्षसम्म घरैमा यी युवाहरू कसरी खुम्चिएर बसे होलान् भनेझैं लाग्छ । हामी जहिले पनि कुनै कार्यक्रम आयोजना गर्दा नयाँपन दिनुपर्छ भनेर त्यसतर्फ काम गर्छौं । विराट गोल्डकप आयोजना गर्दा संघका अध्यक्ष नवीन रिजालले केही नयाँपन दिनुपर्छ भनेर बाँसमा लाइट बाँधेर फ्लड लाइटको व्यवस्था गरेका थियौं । यसरी विराट गोल्डकप रात्रिकालीन फुटबलको सफल आयोजना भयो । एक्स्पोमा पनि नयाँपन दिन हामीले एसी डोमको व्यवस्था, सेल्फी जोन, रिभर्स बन्जी, एयर साइक्लिङ र जिपलाइनको व्यवस्था गर्‍यौं । यहाँका लागि यी नयाँ हुन् । पहिलो दिनदेखि नै सर्वसाधारणले हामीलाई साथ दिएका छन् । हामी आभारी छौं ।    +++     विवेक अग्रवाल  कार्यकारी सदस्य, मोरङ व्यापार संघ  निर्माण गर्दा मनोरञ्जन स्थलको स्थान अलिक साँघुरो भएको हो कि जस्तो लागे पनि अहिले त्यस्तो लाग्दैन । अहिले स्टेजको भ्यू चारैतिरबाट प्रष्ट छ ।  स्टलहरूबाट निस्किएपछि सेल्फीजोनबाटै स्टेज देखिन्छ । यसले आम दर्शकका लागि पर्याप्त स्थान उपलब्ध छ । होटलहरूको लाइन उत्तरतर्फबाट पनि कुर्सीमा बसेर खाँदै आरामले स्टेज शो हेर्न सकिने भएकाले धेरैजसो दर्शक खानेकुराको स्वाद लिँदै संगीतमा झुमिरहन्छन् । सानादेखि ब्राण्डेड होटलहरूले पनि आफ्नो स्टल राखेका छन् । उनीहरूले विक्री गर्नेभन्दा पनि आफ्नो होटलमा यो स्वादको खाना पाइन्छ भनेर आमउपभोक्तालाई जानकारी दिने उद्देश्य राखेका छन् । एक्स्पो सोचेभन्दा राम्रो छ ।    +++   जीना श्रेष्ठ कार्यकारी सदस्य,  मोरङ व्यापार संघ यसपालिको एक्स्पोमा महिला सहभागिता निकै उच्च छ । महिलाहरूको भीड एक्स्पोको शुरूदेखि नै देखिएको छ । महिला उद्यमीहरूको स्टल पनि पहिलेका एक्स्पोमा भन्दा यहाँ बढी नै छन् । महिला उद्यमीका उत्पादनको माग उच्च रहेको कारण उनीहरूले आफ्नो जिल्लाबाट दुई तीन पटक सामान मगाउनु पर्‍यो । ९ दिनसम्म पुग्ला भनेर अनुमान गरेर ल्याएको सामान नपुगेर फेरि मगाउनु परेको छ । त्यसैले यहाँ सहभागी महिला उद्यमी एक्स्पोबाट खुशी हुनुहुन्छ ।  मुस्ताङदेखि झापासम्मका महिला उद्यमीहरूले आफ्नो उत्पादन विक्री गरिरहनुभएको छ । यसले महिलाहरूलाई पनि उत्साह थपेको छ । कोरोनाका कारण बाहिर गएर विक्री गर्न नपाएका महिला उद्यमीहरू धेरैपछि स्टलबाट सामान विक्री गर्न पाउँदा खुशी देखिनुभएको छ । राम्रा कलाकारको प्रस्तुति, सेल्फी जोनको बुर्ज खलिफा, बुर्ज अल अरब र रसियाको टेम्पलको नमूनाले धेरैको ध्यान खिचेको छ ।    

सम्बन्धित सामग्री

बजेटको पर्खाईमा सर्वसाधारण

संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]

माला किन्दै सर्वसाधारण

ललितपुरको इमाडोलमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

ढाकाटोपी छान्दै सर्वसाधारण

काठमाडौँको असनमा बिक्रीका लागि राखिएको ढाका टोपी छान्दै सर्वसाधारण । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टोपी उपहार दिने चलन छ । तस्बिर ः चन्द्रकला क्षेत्री/रासस

माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।...

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन्।...

हिउँमा रमाउँदै सर्वसाधारण

काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त/रासस

झुण्डिएर यात्रा गर्दै सर्वसाधारण

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा जीपमा झुण्डिएर यात्रा गर्दै सर्वसाधारण ।

श्राद्ध गर्दै सर्वसाधारण

पशुपति मन्दिर परिसरको बागमती नदी किनारमा आफ्ना दिवङ्गत बुवा–आमाको श्राद्ध गर्दै सर्वसाधारण । तस्वीर चन्द्रकला क्षेत्री/रासस

फेवाताल हेर्न पुगेका सर्वसाधारण [तस्वीर]

फेवातालमा बाँध मर्मतका लागि तालको पानी घटाएपछि ताल हेर्न आएका सर्वसाधारण । तस्वीरः रासस