सहिद शुक्रराज ट्रपिकल अस्पताललाई आइएमई फाउन्डेसनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । आइएमई फाउन्डेसनले सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुलाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो उपकरण हस्तान्तरण गरे ।यस अघि नेशनल बिजनेस इनिसियटिभ र आइएमई फाउन्डेसन बीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान

सम्बन्धित सामग्री

एनबीआईको सहकार्यमा विभिन्न ६ अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं (अस) । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । टर्कीबाट आयात गरिएका ६ वटा प्लान्ट काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी, अर्धसरकारी अस्पताललाई हस्तान्तरण गरिएको हो । यी प्लान्टबाट २०० बेडलाई पुग्ने अक्सिजन उत्पादन क्षमता रहेको एनबीआईले जनाएको छ । नेपाल ल्याइएको ६ वटै प्लान्ट कीर्तिपुरस्थित फेक्ट नेपालद्वारा सञ्चालित कीर्तिपुर अस्पताल, बालाजुको जनमैत्री अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल र बागमती प्रदेश अस्पताल हेटौंडालाई हस्तान्तरण गरिएको हो । काभ्रेको धुलिखेल अस्पताल र झापामा रहेको अस्पतालमा अर्को प्लान्ट हस्तान्तरण गर्ने एनबीआईको योजना छ ।  करिब ७ करोड ६८ लाख मूल्य बराबरको अस्टान ब्रान्डका ६ थान अक्सिजन प्लान्ट निजी क्षेत्रको पहलमा नेपालमा ल्याइएको हो । निजी क्षेत्रले कोभिड–१९ का कारण अक्सिजन अभाव भएका बेला अक्सिजन सिलिन्डरदेखि प्लान्टसम्म सहयोग गर्न सकिने योजनासहित खरिद प्रक्रिया अघि बढाएको थियो । दुई वर्ष वारेन्टी भएको अक्सिजन प्लान्ट जडानका लागि टर्कीबाट प्राविधिकसमेत ल्याइएको छ । यी प्लान्ट जडान भएपछि सीधै पाइप लाइनबाट अस्पतालका बेडमा अक्सिजन पठाउन सकिनेछ ।