एनबीआईको सहकार्यमा विभिन्न ६ अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं (अस) । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । टर्कीबाट आयात गरिएका ६ वटा प्लान्ट काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी, अर्धसरकारी अस्पताललाई हस्तान्तरण गरिएको हो । यी प्लान्टबाट २०० बेडलाई पुग्ने अक्सिजन उत्पादन क्षमता रहेको एनबीआईले जनाएको छ । नेपाल ल्याइएको ६ वटै प्लान्ट कीर्तिपुरस्थित फेक्ट नेपालद्वारा सञ्चालित कीर्तिपुर अस्पताल, बालाजुको जनमैत्री अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल र बागमती प्रदेश अस्पताल हेटौंडालाई हस्तान्तरण गरिएको हो । काभ्रेको धुलिखेल अस्पताल र झापामा रहेको अस्पतालमा अर्को प्लान्ट हस्तान्तरण गर्ने एनबीआईको योजना छ ।  करिब ७ करोड ६८ लाख मूल्य बराबरको अस्टान ब्रान्डका ६ थान अक्सिजन प्लान्ट निजी क्षेत्रको पहलमा नेपालमा ल्याइएको हो । निजी क्षेत्रले कोभिड–१९ का कारण अक्सिजन अभाव भएका बेला अक्सिजन सिलिन्डरदेखि प्लान्टसम्म सहयोग गर्न सकिने योजनासहित खरिद प्रक्रिया अघि बढाएको थियो । दुई वर्ष वारेन्टी भएको अक्सिजन प्लान्ट जडानका लागि टर्कीबाट प्राविधिकसमेत ल्याइएको छ । यी प्लान्ट जडान भएपछि सीधै पाइप लाइनबाट अस्पतालका बेडमा अक्सिजन पठाउन सकिनेछ ।

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली संघद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

धनगढी – गैरआवासीय नेपाली संघले कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। सेती प्रादेशिक अस्पतालमा विहिवार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्रि केसी नेतृत्वको टोलीले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो। सवा १ करोडभन्दा बढीको लागतमा संघले अस्पताललाई सहयोग गरेको प्लान्टको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद र संघका अध्यक्ष […]

अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको उपस्थितिमा फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले शक्रबार कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।

भारत सरकारद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण

कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् । मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रतिव्यक्ति पाँच एलपीएम (लिटर प्रतिमिनेट) क्षमता भएको उक्त अक्सिजन […]

अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । अक्सिजन […]

बिपी प्रतिष्ठानका लागि भारतद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा बैंकले एक औपचारिक कार्यक्रमका वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।  उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएक

आइएमई फाउन्डेसनद्वारा शुक्रराज अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं, असार १४ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको जनाइएको छ । फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि […]

निजी क्षेत्रको पहलमा अक्सिजन प्लान्ट हस्तान्तरण

राष्ट्रिय व्यवसायिक पहलको सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रहरुको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । कारोना महामारी जारी रहेको बेलामा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा संक्रमितको उपचारमा सहज होस् भने निजी क्षेत्रमा अग्रणी संस्थाहरुको पहलमा देशभरका विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट हस्त्तान्तरण गरिएको हो ।कोरोनाको जारी संकट समाधान तथा न्यूनिकरणका […]