अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिकाले ८४ वर्ष पुगेका वृद्धवृद्धालाई २५ हजार रुपैयाँ दिने

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ ।  शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताउनुभयो । उहाँले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनु भएको छ ।  प्रथम कार्यपालिकाको बैठकले नगरपालिका भित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स ...

सम्बन्धित सामग्री

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

अर्घाखाँची – भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे। नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उनी बाख्रा पालनमा लागे। उनको फार्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन्। “वैदेशकि रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यतासाथ आफ्नै जन्मभूमिमा आएर बाख्रा […]

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

बल गर भाइ हो

काठमाडौँ,२४ कार्तिक । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–९ सिस्नेखोला नजिकै फसेको गाडी डोरीले तान्दै यात्रु । तस्बिरः प्रेमनारायण आचार्य/रासस

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् ।  मनकलाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराेले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे ।  मृतकक...

माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु

अर्घाखाँचीको शीतखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो।...

बादी परिवारको पीडा : न बस्ने ओत छ न खाने गाँस

कैलाली– शीतगङ्गा नगरपालिका–६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न बस्न मिल्छ न सुत्न । उनका परिवारमा बस्न मात्र समस्या होइन, खानका लागि पनि अन्न छैन । उनले भने, ‘पहिले–पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए […]

प्लास्टिक र बोराले छाएको घरमा बस्दै बादी परिवार

अर्घाखाँची - शीतगङ्गा नगरपालिका-६ दाङ्ग सिङ्गको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लास्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीका बहादुरको परिवारसँग न ओत लाग्ने घर छ, न खाने अन्न ।  श्रीमती गुमाएका टीका बहादुरका पाँच छोराछोरी छन् । उहाँ आफैँ अपाङ्ग हुनुहुन्छ । एक हात र एक खुट्टाका औँला गाँसिएका छन् । उहाँले कसैकोमा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न । 'पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पाले...

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ । शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए। दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम […]

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ ।  शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट  स

अर्घाखाँचीमा बाबुले गरे आफ्नै छोरीको हत्या

सन्धिखर्क । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज (मङ्गलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए । विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतसहित अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।