काठमाडौँ। बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए। गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको […]