एभरेष्ट ग्यासले स्थापनाको ३० औं वर्षपछि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हास्य कलाकारद्वय दिपक गिरी र दीपाश्री निरौलालाई एम्बेसडरका रुपमा नियुक्त गरेको हो । एभरेष्टले प्रिमा, साहारा, सैपाल, सुगम र त्रिशुल लगायत सात वटा ब्राण्डका खाना पकाउने एलपी ग्यास उत्पादन गर्दै आएको छ ।उद्योगले यी सबै ब्राण्डहरुका २० लाख सिलिन्डरबाट लाखौं नेपालीलाई सेवा दिइरहेको बताएको छ । देशभर गरी एभरेष्टको तीन हजार डिलर सञ्जाल छ । कार्यक्रममा बोल्दै ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजार अव्यवस्थ