काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।
आज शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले त निकै राम्रो राज्य, नि...