बडादसैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दसैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दसैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्विक दसैँ मनाइँदै आएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्विक हिसाबले मनाउने चलन छ […]