चितवन । सबैले घरघरमा दसैँ मनाइरहेका बेला चितवन मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ज्यान जोगाउन भागदौड गर्नुप¥यो । सघन उपचार कक्ष तोडफोड भयो । केही महिनाअघि भरतपुर अस्पतालमा चिकित्सक कर्मचारी थुनिए, कर्मचारी कुटिए । केही समयअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सक कुटिए ।
प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला
खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।
विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको...