लुम्बिनी प्रदेशमा आइतवार दिनभरको घटनाक्रमले सत्ताको फोहोरी खेललाई उदांगो बनाइदिएको छ ।
संसदीय अभ्यासको निकृष्ट प्रदर्शन भयो । घडीको सुईभन्दा छिटो लुम्बिनीमा सत्ताका खेलहरू छिनछिनमा देखिए ।
राजनीतिमा जे गर्न पनि सम्भव हुन्छ भन्ने देखाउँदै षड्यन्त्र अनि जालझेल एकसाथ फुत्तफुत्त एकै दिनमा देखिए ।
यी घटनाक्रमले आउँदा दिनमा सत्ताको जोडघटाउ र राजनीतिलाई कुन दिशातर्फ लैजाँदै छ भन्ने संकेत गरेको छ । सत्ताका लागि गर्ने सबै कर्म र हर्कत जायज मानिन्छ, भन्ने कुरा चरितार्थ गरे ।
कोरोना महामारीले देशमा भयावह अवस्था रहेका...