काठमाडाैं : ‘पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरूमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो। यसपटक त्यस्तो टोली आउँदैन?’ आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।यसपटक आयोगले कम खर्च र स्मार्ट रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन। त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सा