ललितपुर : मलेसियामा जारी महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले सेमिफाइनलको संभावना बलियो बनाएको छ। लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएपछि नेपालको सेमिफाइनल संभावना प्रबल बनेको हो। नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ। समूह ए को शीर्ष स्थानमा रहेको यूएईको ३ खेलबाट नेपालसरह अंक भए पनि नेट रनरेटमा माथि छ। तर कतारमा खेलेका सबै खेलमा नेपालले पराजित गरेको हुँदा यूएईसँगक