ताप्लेजुङ - ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेर मात्र ल्याइने भएको छ ।
सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।
फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदल मार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमु...