फेवाताल सफाइ अभियान : दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा- पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ । महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

पाँचपोखरी सफाइ अभियान

काठमाडौं–  प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय […]

देवघाटधाम क्षेत्रको सरसफाइ

माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उनले जानकारी दिए।...

बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्चे‍ हिमाल सफाइ अभियान सम्पन्ने भएको जनाएको छ। सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगीसहितको टोलीले बरुञ्चेम हिमालको आधार शिविरबाट सङ्कलित कुहिने तीन हजार ५० किलो फोहर गत वैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण गर्‍यो। […]

सकियो ‘अन्नपूर्ण हिमाल सफाइ अभियान’

काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो । सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।  संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।

सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन

काठमाडौँ- लामो समयदेखि सफाइ अभियान सञ्चालन गरेपनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्यश्वरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए । उनका अनुसार अझैपनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका […]

छठ पर्वमा पूजा गर्न नहर सफाइ अभियान

विराटनगर– छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा वर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर […]

अन्तरिक्ष सफाइ अभियान

अन्तरिक्षमा मडारिएको काम नलाग्ने ठोस फोहोर वा कवाडी पृथ्वीका लागि ज्यादै खतरा बनेको अन्तरिक्षको खोजमा संलग्न संस्थाले जनाएका छन् । अन्तरिक्ष युगमा प्रवेश गरेका विश्वका विभिन्न देशका लागि यो थप चिन्ताको विषय पनि बन्न पुगेको छ । अन्तरिक्ष सफाइ अभियान ज्यादै महँगो हुने पनि अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा अन्तरिक्षमा रहेको फोहोर सफाइका लागि […]

सफाइ अभियान जारी रहे पनि ढलमुक्त हुन सकेनन् काठमाडौं उपत्यकाका नदी

पूर्णप्रसाद मिश्र- काठमाडौं : काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ। नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ। सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन्।…

दैलेख सफाइ अभियान सम्पन्न

“सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता”, “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागिपर्नुहोस्” भन्ने नाराका साथ दैलेख सफाइ अभियान सम्पन्न भएको छ । अभियानको आयोजना पञ्कोशी ज्वाला युवा प्रतिष्ठानले गरेको थियो । प्रतिष्ठानका सदस्य तथा स्थानीय युवाहरुको समूह सहित दैलेख जिल्ला अस्पतालको प्राङगणबाट बाट सुरु गरेर राजमार्ग आशपास क्षेत्रमा सफाइ समेत गरिएको थियो । अभियानमा …