पूर्णप्रसाद मिश्र-
काठमाडौं : काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ।
नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ। सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन्।…