भन्सार छलेर भारतबाट ल्याइएको साढे ८ लाख बराबरका मोबाइल बरामद

रुपन्देही । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका करिब साढे ८ लाख बराबरको मोबाइल सेट प्रहरीले बरामद गरेको छ । बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो । […]