हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।