‘विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो माध्यम पर्यटन’

नेपाल उद्योग परिसंघका परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताएका छन् ।विश्व पर्यटन दिवसको अवसरमा परिसंघले गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको […]

सम्बन्धित सामग्री

प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।

हस्तकला नेपालको आर्थिक समृद्धिको माध्यम : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालको आर्थिक समृद्धिको माध्यमकारुपमा रहेकाले सरकारले हस्तकला उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपाली हस्तकलाले अहिले पनि विदेशी मुद्रा आर्जन गरिरहेको भन्दै यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम र कानुन बनाउनुपर्ने बताए ।

श्रीलङ्कामा पर्यटक बढे, ३ महिनामा झन्डै ५३ करोड अमेरिकी डलर आम्दानी

श्रीलङ्कामा सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकको सङ्ख्या बढेको छ । श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकबाट झन्डै ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले यस वर्ष २० लाख जना पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ । श्रीलङ्कामा विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन व्यवसाय हो । पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख देशहरूमध्ये एक श्रीलङ्कामा कोरोना महामारीका कारण अर्थतन्त्र समस्यामा परेको...

राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु

मोरङ-  मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए। लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । […]

बाह्य क्षेत्रमा सुधार आएकै हो त ?

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको छ । झन्डै १० महीनाका लागि वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति पुगेको भन्दै सरकारले यसलाई सफलता मानेको छ । तर, अवस्था भने त्यस्तो देखिँदैन । चालू आर्थिक वर्ष (आव) को माघ मसान्तसम्ममा गत आवको यही अवधिका तुलनामा आयात १४ दशमलव ६ प्रतिशतले घटेको छ भने निर्यात १ दशमलव ४ प्रतिशतले घटेको छ । आयातमा कडाइ र विप्रेषण आप्रवाहमा भएको वृद्धिले मात्रै बाह्य क्षेत्रमा केही सुधार आएको हो । अहिले मागमा केही कमी आएका कारण आयात प्रतिबन्ध खुला गरिए पनि आयात बढेको देखिँदैन । निक्षेपको ब्याजदर उच्च रहेकाले धेरैले उपभोग्य वस्तुको खरीदमा कटौती गरेकाले यस्तो भएको देखिन्छ । त्यस्तै घरजग्गा र शेयरबजारको कारोबार घटेकाले पनि उपभोग्य वस्तुको माग घटेको देखिन्छ । ब्याजदरमा कमी आउनासाथ आयात वृद्धिदर उकालो लाग्ने र पुन: बाह्य क्षेत्रमा समस्या आउने सम्भावना रहेको छ । विदेशी मुद्राको प्रमुख स्रोत मानिएको वैदेशिक सहयोगको अवस्था पनि राम्रो छैन । विदेशी अनुदान लक्ष्यको ८ दशमलव ६६ प्रतिशत मात्र भित्रिएको देखिन्छ भने वैदेशिक ऋणको साँवाब्याज भुक्तानीमा त्यो भन्दा बढी विदेशी मुद्रा बाहिरिएको देखिन्छ । यसले बाह्य क्षेत्रमा सुधार आएको देखाउँदैन । अहिले बढेको विदेशी विनिमय सञ्चिति सरकारले लिएको नियन्त्रणात्मक पद्धतिको परिणाम हो जुन कुनै पनि बखत स्वाट्टै घट्न सक्छ । नेपालको विदेशी मुद्रा आर्जन गर्ने अर्को माध्यम पर्यटन हो । तर, यो क्षेत्रमा पनि जति विदेशी मुद्रा भित्रिएको छ त्यो भन्दा बढी रकम बाहिरिएको पाइन्छ । नेपालको शिक्षा क्षेत्रमा समसामयिक परिवर्तन नहुँदा विदेशमा अध्ययन गर्न जानेको संख्या निकै बढेको छ, जसका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढिरहेको छ र यसलाई रोक्न कठिन छ । अत: बाह्य क्षेत्रमा देखिएको सुधार क्षणिक हो । अर्थतन्त्रको वास्तविक धरातल नसुधारी यस्तो क्षणिक सुधारलाई सफलता मान्न थालियो भने कुनै पनि बखत अर्थतन्त्रमा गम्भीर समस्या आउन सक्छ ।

सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

श्रीलङ्काले आउँदो वर्ष झण्डै १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटनमन्त्री हरिन फर्नान्डोलाई उद्धृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ । आर्थिक रुपमा धरासायी बनेको श्रीलङ्कामा पछिल्लो केही महिना पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री फर्नान्डोले बताउनुभएको छ । अहिले श्रीलङ्कामा महिनाको ३० देखि ६० हजार जनासम्म विदेशी पर्यटक पुगिरहेका छन् । पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो । तर कोरोना महामारी र देशमा चलिरहेको राजनीतिक ...

शोधनान्तर घाटा १ महीनामै दोब्बर

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र झन् बिग्रँदै गएको देखिएको छ । शोधनान्तर स्थिति, मुद्रास्फीति, विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति, व्यापारघाटालगायत सूचक हेर्दा अर्थतन्त्रमा झनै संकटतर्फ उन्मुख भएको देखिएको हो । चालू आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै अर्थतन्त्रका विभिन्न सूचकमा नकारात्मक संकेत देखापरेका थिए । यसले कात्तिक मसान्तसम्म निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषय कात्तिक मसान्तसम्मको पछिल्लो समय आर्थिक अवस्था अझै बिग्रँदै गएको देखिएको छ । प्रतिवेदनअनुसार कात्तिकमा मूल्य वृद्धि ≈वात्तै बढेको छ । गत असोजमा ४ दशमलव २४ प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा १ दशमलव ०८ प्रतिशत विन्दुले बढेर ५ दशमलव ३२ प्रतिशत पुगेको छ । गत आवको कात्तिक महीनामा मूल्य वृद्धि ४ दशमलव ०५ प्रतिशत मात्र थियो । चालू आवको समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहका मूल्य वृद्धि  ४ दशमलव ७९ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मूल्य वृद्धि  ५ दशमलव ७३ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर घाटा पनि १ खर्ब ५० अर्ब ३८ करोड पुगेको छ । असोज मसान्तसम्म शोधनान्तर स्थिति रू. ७६ अर्ब १४ करोडले घाटामा थियो । पछिल्लो १ महीनामा नै यस्तो घाटा दोब्बर भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आवको सोही अवधिमा भने शोधनान्तर स्थिति रू. १ खर्ब १० अर्ब ६५ करोडले नाफामा थियो । पछिल्लो समय विदेशी मुद्रा आर्जन व्यापक मात्रामा हुन सकेको छैन । तर, विदेशी मुद्रा जाने माध्यम अर्थात् आयात भने उच्च मात्रामा बढेको छ । विप्रेषण र निर्यातबाट आउने विदेशी मुद्राले आयातलाई थेग्न नसकेको अवस्था छ । फलस्वरूप शोधनान्तर घाटा बढ्न गएको हो । त्यसैको असरले विदेशी मुद्रा सञ्चिति पनि घट्दो क्रममा रहेको देखिएको हो । कात्तिक मसान्तसम्म आउँदा विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८ करोड रुपैयाँमा कायम भएको छ । गत असोज मसान्तसम्म यस्तो सञ्चिति रू. १३ खर्ब १९ अर्ब ३२ करोड बराबर थियो । समीक्षा अवधिमा गत आवमा रू. १५ खर्ब ०६ अर्ब ६ करोड बराबरको विदेशी मुद्रा सञ्चिति थियो । कात्तिक महीनासम्मको विदेशी मुद्रा सञ्चितिले ७ दशमलव २ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत न्यूनतम ७ महीनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्य लिएको थियो । त्यसैले यस विषयमा आत्तिनुपर्ने अवस्था नभएको उनले बताए । ‘अब मौद्रिक नीतिको लक्ष्यअनुसार विदेशी मुद्रा सञ्चिति गर्न भने चुनौतीपुर्ण हुनेछ,’ उनले भने, ‘अब आयातलाई निरुत्साहित गर्ने र निर्यात प्रोत्साहन गर्नेगरी नीति ल्याउनुपर्छ । यसमा राष्ट्र बैंक पनि सकारात्मक छ ।’ अनावश्यक वस्तु तथा सेवाको आयातलाई तत्काल कडाइ गर्नुपर्ने उनको भनाइ छ । यसमा राष्ट्र बैंकले पनि आफ्नो ठाउँबाट सक्दो नीतिगत व्यवस्था गर्ने उनले बताए । कात्तिक मसान्तसम्म चालू खाता घाटा बढ्ने क्रमले पनि निरन्तरता पाएको छ । गत असोजमा १ खर्ब ५१ अर्ब ७० करोड रहेको चालू खाता घाटामा कात्तिक मसान्तसम्म आइपुग्दा २ खर्ब २३ अर्ब १९ करोड पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खाता रू. १९ अर्ब १ करोडले बचतमा रहेको थियो । यसरी समीक्षा अवधिमा शोधनान्तर घाटा र चालू खाता घाटा ह्वात्तै बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको छ । दशैं र तिहारको कारण असोज र कात्तिकमा अघिपछि भन्दा बढी विप्रेषण आउने गर्छ । तर, चालू आवको कात्तिकमा विप्रेषण आम्दानी घटेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोडमा सीमित भएको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेर रू. ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको थियो । तर, अहिले भने विप्रेषण आप्रवाह घटेको छ । विदेशबाट अनौपचारिक माध्यमबाट पनि पैसा आउन थालेपछि विप्रेषण आप्रवाह घटेको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । गत आवमा कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी कारण अनौपचारिक रूपमा आउने पैसा पनि औपचारिक रूपमा आउने गरेको थियो । तर, अहिले पुनः हुन्डीजस्ता अनौपचारिक कारोबार हुन थालेको राष्ट्र बैंकको अनुमान छ । वृद्धिदर घटे पनि रकमका आधारमा विप्रेषण आप्रवाह सन्तोषजनक नै भएको राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहेका ढकाल बताउँछन् । समीक्षा अवधिमा वैदेशिक व्यापारघाटा ५६ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो घाटा १२ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयात ६१ दशमलव ६ प्रतिशतले बढेर रू. ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । निर्यात भने १०४ दशमल.३ प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले समीक्षा अवधिमा अर्थतन्त्रको अवस्था राम्रो नदेखिएको बताए । ‘अहिले हामी कोभिडपछिको पुनरुत्थानको चरणमा छौं, त्यसको असरले पनि यस्तो हुन सक्छ । किनकी, पुनरुत्थानका क्रममा आयातहरू बढेको छ,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन । तर, सजक हुनुपर्ने बेला भने पक्कै आएको हो ।’ समीक्षा अवधिमा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिए पनि भ्रमण आय र वैदेशिक लगानी भने बढेको छ । समीक्षा अवधिमा भ्रमण आय २२३ दशमलव ५ प्रतिशतले बढेर रू. ६ अर्ब ११ करोड पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो आय रू.१ अर्ब ८९ करोड रहेको थियो । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले बढेर रू. ६ अर्ब ६३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लगानी रू. ३ अर्ब ७५ करोड रहेको थियो ।

अर्थतन्त्रमा तत्काल सुधारको खाँचो

बढ्दो आयात र घट्दो विप्रेषणका कारण विदेशी विनिमय सञ्चिति घटेको छ भने शोधानान्तर बचत पनि कम भएको छ । बाह्य क्षेत्रमा दबाब पर्नुका साथै समग्र अर्थतन्त्रमा नै नकारात्मक संकेत देखिएको छ । यिनमा तत्काल सुधार हुन सकेन भने मुलुक आर्थिक दुर्घटनातर्फ बढ्ने सम्भावना देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालू आर्थिक वर्षको तीनमहिने प्रतिवेदनले समग्र आर्थिक स्थिति बिग्रिएको देखाउँछ । विदेशी मुद्रा सञ्चिति घटेको छ । अहिलेको सञ्चितिले साढे ७ महीनाको आायत धान्न मात्र पर्याप्त हुने देखिएको छ । तीव्र बढिरहेको आयातले निरन्रता पाए आगामी केही दिनमा नै विदेशी विनिमय सञ्चितिमा समस्या देखिनेछ । त्यसैले सरकारले पटुका बाँधेर विनियम सञ्चितिमा सुधार ल्याउन काम गर्नुपर्ने स्थिति देखिन्छ । राष्ट्र बैंकको प्रतिवेदनले अर्थतन्त्रका सूचकहरू नकारात्मक संकेत त गरेकै छन् । बैंकहरूको कर्जा र निक्षेप वृद्धिमा देखिएका स्थिरताले अर्को गम्भीर संकटलाई संकेत गरिरहेको छ । विनिमय सञ्चिति घट्न नदिन सरकारी काममा विदेशी मुद्रा खर्च गर्नमा कडाइ गर्नु अनिवार्य भइसकेको छ । अन्यन्त आवश्यकबाहेकका काममा रोक लगाउनुपर्ने देखिइसकेको छ । प्रधानमन्त्री कोपमा भाग लिन जाने तयारीमा हुनुहुन्छ तर भ्रमण नै रोक्नुपर्ने अवस्थासमेत देखिन्छ । विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले अत्यावश्यक वस्तु आयातमा समेत प्रतिबन्ध लगाउन सक्छ, आपूर्ति प्रभावित बजारमा हाहाकार निम्त्याउँछ । यस्तो कडाइ गर्दा सरकारले औद्योगिक कच्चा पदार्थको आयातमा समेत कडाइ गर्न सक्छ । यसले अर्थतन्त्रलाई थप समस्यामा पार्न सक्छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम विप्रेषण हो जुन अघिल्लो ३ महीना घटेको छ । त्यस्तै विदेशी ऋण सहायता पनि जुटाउन सकिएको छैन । स्वीकृत सहायताका रकमको भुक्तानी पनि लिन सकिएको छैन । त्यसैले यस क्षेत्रमा तत्काल काम थाल्नुपर्ने देखिन्छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा माध्यम पर्यटन पनि हो । तर यो क्षेत्र अझै केही समय चलायमान हुने सम्भावना देखिएको छैन । राष्ट्र बैंकको प्रतिवेदनले अर्थतन्त्रका सूचकहरू नकारात्मक संकेत त गरेकै छन् । बैंकहरूको कर्जा र निक्षेप वृद्धिमा देखिएका स्थिरताले अर्को गम्भीर संकटलाई संकेत गरिरहेको छ । निक्षेप असोजमा सकारात्मक देखिएकामा कात्तिकमा नकारात्मक देखिएको छ । तरलतामा चाप परेस“गै लगानी पनि प्रभावित भएको छ । कात्तिक पहिलो साता त लगानी ठप्प नै देखिएको थियो । अहिले पनि यसमा खासै सुधार आउन सकेको देखिँदैन । कर्जा प्रवाह रोकिएपछि अर्थतन्त्र अघि बढ्दैन । सरकार र बैंकिङ भनेका कानूनद्वारा निर्मित ठूला पोन्जी हुन् । यिनीहरूले जनताबाट संकलन गरेको स्रोत नै खेलाएर अर्थतन्त्र चलाउने, नाफा कमाउने र अन्य काम गर्ने हुन् । यस्तोमा निक्षेप नभए कर्जा दिन सकिँदैन, कर्जा प्रवाह नगरे अर्थतन्त्र अघि बढ्दैन । यस्तोमा रोजगारी सृजना हुँदैन सरकारलाई कर उठाउन पनि निकै समस्या हुन्छ । कर उठेन भने सरकारले खर्च गर्न सक्दैन र फेरि तरलतामा नै दबाब पर्छ । त्यसैले सरकारले निक्षेप र कर्जा बढी नै रहने गरी यस चक्रलाई माथितिर उचालिरहनुपर्छ । यी सबै कुराले नेपालको अर्थतन्त्रमा संकटको बादल मडारिन थालेको नै देखाउँछ । यस्तो संकट आउ“दा अन्य देशले परिमाणात्मक सहजता, ऋणात्मक ब्याजदर, नोट छाप्नेजस्ता अनेक रणनीति अपनाएर अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोक्न खोज्छन् र सफलता पनि पाएका छन् । श्रीलंका र पाकिस्तानको अनुभव हेर्दा नेपाल त्यही बाटोमा जान थालेका विश्लेषण हुन थालेको छ । नेपालमा पनि आपत्कालीन कदम चाल्ने बेला भइसक्यो । समयमै उपयुक्त कदम चाले त्यस्तो अवस्था आउँदैन पनि । आजभोलि नै संकट नआए पनि यही कुराले निरन्तरता पाए १/२ महीनामा नै आउने सम्भावना देखिन्छ । त्यसैले अहिले ने कदम चाल्नुपर्ने देखिन्छ । तत्कालीन, मध्यमकालीन र दीर्घकालीन नीति लिएर अर्थतन्त्रमा सुधार ल्याउन कठोर कदम चाल्ने बेला भइसकेको छ ।

चिया क्षेत्रको समस्या समाधान प्रयास

आन्तरिक खपत टार्दै विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम मानिएको चिया क्षेत्र अनेकौं समस्याले ग्रस्त छ । कृषकदेखि श्रमिक र उद्यामीलगायत सरोकारवाला सबै क्षेत्र समस्याग्रस्त भएको बताउँछन् । कृषकले हरियो चिया पत्तीको मूल्य नपाउने, श्रमिकले उचित पारिश्रमिक नपाउने, उद्यमीले बजार नपाउनेजस्ता चियामा सधैं सुनिने गुनासा हुन् ।