दमौली, २७ मङ्सिर । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ । उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेपश्चात् निर्माण कम्पनीले काम सुरु गरेको हो । सदरमुकाम […]