नेपालद्वारा चाइनिज ताइपेई पराजित

काठमाडौं । कतार फिफा विश्वकप–२०२२ र एसियन कप–२०२३ का लागि जारी एसिया क्षेत्रको छनोट चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ ।बिहीबार राति भएको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल […]

सम्बन्धित सामग्री

हङकङ र थाइल्यान्डलाई उपाधि

हङकङ र थाइल्यान्डले एसिया यू–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि जितेका छन् । हङकङ पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुष फाइनलमा हङकङले मलेसियालाई १९–१४ ले पराजित गर्‍यो । चाइनिज ताइपेई तेस्रो भयो । पुरुषमा ७ राष्ट्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एएफसी यू-१७ एसिया कप छनोट: नेपालको गोल तर मध्यान्तरसम्म चाइनिज ताइपेई अगाडि

काठमाडौ‌ं । एएफसी यू-१७ एसिया कप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अहिले चाइनिज ताइपेईसँग खेलिरहेको छ । पहिलो हाफको समाप्तिमा चाइनिज ताइपेई २-१ गोलले अगाडि छ । समूहका अघिल्ला दुवै खेलमा पराजित भएर नेपालको यात्रा छनोट चरणमै सीमित हुने पक्का भएको थियो । पहिलो खेलमा थाइल्यान्डले ३-० गोलले हराएको थियो भने दोस्रो खेलमा नेपाल भियतनामसँग […]

एएफसी यू–१७ : नेपाल पहिलाे खेलमा थाइल्यान्डसँग ३–० ले पराजित

काठमाण्डाै – एएफसी १७ वर्षमुनिकाे एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई खोल खाएको हो । छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले आउँदाे शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ ।

विश्वकप छनोट खेलका लागि नेपाली टिम कुवेतमा

काठमाडौं। फिफा विश्वकप छनोट प्रतियोगितामा दोस्रो चरणका बाँकी तीन खेलका लागि नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ। इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको हो। नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो। स्थलमार्ग हुँदै कुवेत पुगेको नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कुवेतमा खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको छ।