काठमाडौँः नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ।
नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय…