१२ वर्षे श्वेतकाली मेलाका लागि महानगरले २८ लाख उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले १२ वर्षे श्वेतकाली मेलाका लागि २८ लाख उपलब्ध गराउने भएको छ। वडा नम्बर १८ मा आयोजित न्यतभुलु अजिमा (श्वेतकाली) मेलाका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा लक्ष्मीनारायण महर्जनको...

सम्बन्धित सामग्री

श्वेतकाली मेलाका लागि काठमाडौं महानगरले २८ लाख आर्थिक सहयोग गर्ने

फागुन २२, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले श्वेतकाली मेलाका लागि महानगरपालिकाको तर्फबाट २८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएका छन् । १२ वर्षे श्वेतकाली मेलाका लागि महानगरको तर्फबाट सो रकम उपलब्ध गराउने उनले बताएका हुन् ।  यसमध्ये मेयर शाक्यले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजलाई पेश्किस्वरुप १६ लाख ८० हजार रुपैयाँको चेकसमेत प्रदान गरिसकेका छन् । त्यसै अवसरमा शाक्यले गुठीका मुल धामी एवम परम्परागत न्यतः टोलका पूर्व नाइके स्व. लक्ष्मीनारायण महर्जनको शालिक अनावरण गरेका थिए।   मेयर शाक्यले काठमाडौंको इतिहास बचाएर जीवन्त सांस्कृतिक सहर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको बताए । उनले समय र परिस्थितिले परम्परागत जात्रा, पर्व सञ्चालन गर्न खर्च बढेको बताउँदै खर्च नभएकै कारण कुनै पनि जात्रा पर्व रोकिन भने नदिने बताए ।  ‘सम्पदा संरक्षणका लागि अहिले जति काम भएका छन् । हाम्रो क्षमताले त्योभन्दा धेरै गर्न सक्थ्यो, निकायगत समन्वयमा समस्या’, भएको बताउँदै मेयर शाक्यले पुरातत्व विभाग र गुठी संस्थानबाट आवश्यकताअनुसार सहयोग नपाएपछि स्रोत भएर पनि जीर्ण सम्पदाको संरक्षणमा काम गर्न नसकिएको उल्लेख गरे ।  त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, स्थानीय सरकारको प्रमुख जिम्मेवारी स्थानीय भाषा, कला, साहित्य र सृजनाको संरक्षण गर्ने भएकोले त्यसैअनुसार काम भइरहेको बताइन् ।  गुठी परम्परालाई महानगरले गर्ने सहयोगका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छे काजी महर्जनले यस्ता गुठी वडामा मात्र दर्ता भए पुग्ने बताए । शालिक निर्माणको सन्दर्भ उठाउँदै महर्जनले, १८ वडामा बसोबास भएका आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरुको शालिक बनाउने काम भइरहेको जानकारी दिए । करीब २ लाख रुपैयाँको लागतमा लक्ष्मीनारायण महर्जनको शालिक बनाइएको हो । लक्ष्मीनारायणसँगै नारायण गोपाल, चित्तधर हृदय, शंखधर शाख्वालगायत व्यक्तित्वहरुको शालिक निर्माण भइरहेको उनको भनाइ थियो । यस वर्ष चैत १४ गतेदेखि श्वेतकालीको १२ वर्षे मेला शुरु हुनेछ । मेलाका क्रममा उपत्यकासहित बनेपालगायत ठाउँमा गएर श्वेतकालीको नाच प्रदर्शन हुनेछ ।