कमिशन दिलाउन नसकेपछि आफैँले नियुक्ति गरेका हाकिमलाई मन्त्री आलेद्वारा कुटपिट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विवादास्पद छविका युवराज अधिकारीलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए । २०७८ कार्तिकमा मन्त्री आलेले निगमकै पूर्व कर्मचारी अधिकारीलाई नियुक्ति दिलाएका थिए ।त्यतिबेला नै गलत व्यक्तिलाई निगमको कार्यकारी अध्यक्ष बनाएको भन्दै आलोचना भएको थियो । तर, मन्त्री आलेले यस सम्बन्धमा सार्वजनिक मञ्चमा कतै बोलेनन् ।ठूलो रकम हत्याउने सेटिङमा ल्याईएका अधिकारीसँगै मन्त्री आलेको सम्बन्ध चिसिन थाल्यो । नयाँ जहाज खरिद, ग्राउण्डेड भएका चिनियाँ जहाँज (जुन चलाईयो भने निगमले दैनिक करोडौँ घाटा ब्यहोर्नुपर्नेछ)लाई उडान गराउन र निगमका जहाजको मर्मतमा सेटिङ मलिाएर कमिशन कुम्लयाउने मन्त्री आलेको सेटिङ अनुसार अध्यक्ष अधिकारीले काम गर्न नसकेपछि उनीहरुबीच सम्बन्ध चिसिँदै गएको थियो ।यसअघिःआलेको सेटिङमा निगमको ट्वीनअटर जहाज भाडामा, सबै विवरण गोप्यसाउदी अरबको रियादका लागि निगमले गरेको पहिलो उडानमा जम्बो टोली लगेको भन्दै आलेले अध्यक्ष अधिकारीसँग सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।ट्वीनअटर जहाज भाडामा लगाउँदाको कमिशन थोरै भएपछि हातपातनिगमसँग २ वटा ट्वीनअटर जहजा थिए । ती जहाजमध्ये एउटा जहाज मन्त्री आलेले सेटिङ मिलाएर निजी कम्पनीलाई भाडामा दिएका थिए । तर, यस विषयमा निगमका कसैलाई पनि बोल्न दिईएको थिएन ।भाडामा दिईएको जहाज पोखरालाई बेश बनाएर चार्टर उडानमा प्रयोग गरिएको थियो । तर, कुन कम्पनीलाई कति भाडामा दिईएको भन्ने विवरण गोप्या राखिएको थियो ।यसअघिः७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठकस्रोतले दिएको जानकारी अनुसार दैनिक उडान गर्दा ८ वटा सम्म उडान गर्न सक्ने उक्त जहाजले १२ लाख रुपैयाँ आम्दानी गर्न सक्थ्यो । तर, मन्त्री आलेले दैनिक ६ लाखमा भाडामा दिएको स्रोत बताउँछ ।निगमको उक्त विमान चार्टर गरेर उडाईरहेको कम्पनीले पोखरा–जोमसोम–पोखरा उडानमार्फत ३ लाख २० हजार रुपैयाँ कमाउँदै आएको छ । तर, निगममा भने उक्त रुट पोखरा–जोमसोम–पोखरा उडानबाट १ लाख ३० हजार मात्रै आउने गरेको छ ।यहीँ विषयमा मन्त्री आलेले आफूले चाहेजति कमिशन नपाएपछि निगमका अध्यक्ष अधिकारीमाथि अपशब्द प्रयोग गरेर हातपात नै गरेका छन् । स्रोतले भने मन्त्री आलेले दैनिक १ लाख कमिशन पाउने गरी जहाज भाडामा लगाएका थिए ।यो पनिःनिगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्ष

सम्बन्धित सामग्री

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन् । मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर […]

मन्त्री शशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ […] The post मन्त्री शशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री सशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ […]

मन्त्री शशि श्रेष्ठले प्रक्रिया मिचेर नन्दलाई दिलाइन् सरकारी नियुक्ति

काठमाडाैँ- भूमि, व्यवस्था तथा सहकारीमन्त्री शशि श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन्। मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन्। सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी […]

कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो । रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई […]

राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्रको पद कायमै

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।

अब न्यायाधीश नियुक्ति खल्तीबाट हुँदैन : कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि वरिष्ठता र सक्षम व्यक्तिको रोष्टर बनाएर मात्रै जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्त हुने बताएका छन् ।मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अब न्यायाधीश नियुक्ति पहिलाजस्तो खल्तीबाट नहुने बताए । निर्देशिका बनेपछि सोहीअनुसार न्यायाधीश नियुक्त हुने भन्दै उनले निर्देशिकालाई अन्तिम रुप दिने काम भइरहेको बताए ।न्यायपालिका शुद्धीकरण अभियानका लागि सबैभन्दा पहि

७ मन्त्रीको नियुक्ति बदर माग गर्दै पुन: सर्वोच्चमा रिट

काठमाडौँ। नेकपा माओवादी केन्द्रबाट पार्टी परिवर्तन गरी नेकपा एमालेबाट मन्त्री बनेका ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गैरसांसद भएपनि मन्त्रीमा नियुक्त भएको भन्दै नियुक्ति बदरको अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल […]