म्याग्दी : बेनी नगरपालिका–९ का तेजेन्द्र बानियाँ गाउँगाउँ पुगेर राष्ट्रिय खेल भलिबलका खेलाडी उत्पादन गरिरहेका छन्। भारतको बैंग्लोरबाट सन् २०१९ मा भलिबल प्रशिक्षक कोर्स पूरा गरी फर्किएपछि उनले म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वत, कास्कीसहित देशका विभिन्व २० ठाउँमा पुगेर प्रशिक्षण दिइसकेका छन्।यस्तै‚ तेजेन्द्रले नेपाली सेनाको श्रीबक्स गुल्म, वीरदल गढ रौतहट, श्री मेहर गढ बाग्लुङमा पनि भलिबल प्रशिक्षण दिएका छन्। युवा पुस्तालाई भलिबल खेलप्रति आकर्षित गर्दै खेलाडी उत्पादनका लागि पनि बस्ती&nd